राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ।
राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा उहाँलाई आज राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
