चलचित्रमा एकै साथ देखिदै साम्राज्ञी र आना


अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र आना शर्मा एकै चलचित्रमा देखिने भएका छन्। सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रमा यी दुवैसंग बिहिबार सम्झौता भएको छ।  

प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रमा यी दुईको साथमा मनिष राउत मुख्य भूमिकामा रहनेछन्।  ‘प्रेमगीत ३’ डेव्यु नायक मनिष पहिलो चलचित्र रिलिज नहुदै मेकरमा नजरमा पर्न थालिसकेका छन्।  मनिषसंग पनि निर्माण टिमले सम्झौता गरिसकेको छ।   

युवा मनोविज्ञानमा आधिरत रहेर निर्माण हुने बताईएको चलचित्रको फाइनल स्क्रिप्ट तयारीमा निर्माण टिम रहेको बुझिएको छ।   चलचित्रमा एक पुरुष र एक महिला कलाकारको छनोट गर्न बाँकी रहेको बताईएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *