कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी मियाँलाई, जोशी उपचारका लागि अमेरिका प्रस्थान


कर्णाली प्रदेशका प्रमुख एक महिना लामो उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यभार सम्हालनुभएको छ।

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी आँखाको उपचार गर्न अमेरिका जानुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो । जोशी जेठ ५ गतेदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहनुहुने छ । सोही अवधिका लागि मियाँले जिम्मेवारी पाउनुभएको हो ।

मियाँले जिम्मेवारी लिएसँगै नेपाल मुस्लिम आयोगले प्रतिवेदन बुझाउनुभएको छ । आयोगका अध्यक्ष मोहम्मद दिनले प्रदेश प्रमुख मियाँसमक्ष आयोगले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको प्रतिवेदन बुझाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *