सरकारलाई देउवाको सुझाव : मनसुन शुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिनुस्


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन शुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गरेका छन् । 

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरूबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता,शतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू तत्काल गर्न आग्रह गरे।

उनले अब नेपाललाई विकास निर्माण नभइ दिगो विकास निर्माण चाहिएको उल्लेख गरे। बच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु आफूहरूको कर्तव्य भएको बताए। 

सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरू कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरूमा गम्भीर असर पु¥याएको बताए। यसले आर्थिक र सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम बढाएको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *