कर्णाली प्रदेश बाहेक अन्य ६ प्रदेशहरूले प्रदेशसभा सदनमा आईतवार बजेट पेेश गरेका छन । संवैधानिक व्यवस्था बमोजिम हरेक असार १ गते बजेट प्रदेश सभामा पेश गर्नुपर्ने छ । साेहि व्यवस्था बमोजिम आज प्रदेश सरकारले सभामा गरेका हुन । प्रदेश सरकारका सभामा पेश भएको बजेट मध्ये सबैभन्दा ठुलो आकारकाे बजेट वाग्मती प्रदेश सरकारको रहेको छ।
हेराै कुन प्रदेशमा बजेट कति ?
लुम्बिनी प्रदेश : ३८ अर्व ९१ करोड ।
मधेस प्रदेश : ४६ अर्व ५८ करोड ।
गण्डकी प्रदेश : ३१ अर्व ९७ करोड ।
काेशि प्रदेश : ३५ अर्व ८७ करोड ९९ लाख।
सुदूरपश्चिम प्रदेश : ३३ अर्व ४७ करोड ६० लाख ४८ हजार ।
बागमती प्रदेश :६७ अर्व ४७ करोड ।

यसैबीच आज बजेट सदनमा पेश हुने संबैधानिक व्यवस्था भएपनि कर्णालि प्रदेश सरकारकाे बजेट अझै अन्याैलमा रहेको छ । प्रतिपक्षले याेजना बैंक मा आएको याेजनाहरू सार्वजनिक गर्नुपर्ने जिल्ला बाट सिफारिस भएर आएका याेजना समाबेश गर्नुपर्ने अडान कायमै राखेपछि सभासञ्चालन हुन नसकेको हाे।
