प्यूठानस्थित सरुमारानी गाउँपालिकाको कीमिचौर एमालेमय भएको छ । किमिचौर दहमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आइतवार १ सय ३० घरधुरीका घरमुलीहरु सहितको परिवार एमालेमा प्रवेश गरेको सरुमारानी गाउँपालिका संगठन कमिटीका इन्चार्ज तथा गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी गराए ।
वडा नं ६ को कीमीचौर, पाङबाङ तथा पाङकोट गाउँबाट नेकपा माओवादी केन्द्र निकट रहेका १ सय २९ घरधुरीले माओवादी केन्द्र र १ घरधुरीका घरमुली सहितको कांग्रेसको परिवार पार्टी परित्याग गरि एमालेमा आएको वडा अध्यक्ष तुल बहादुर रोका मगरले बताए । नव प्रवेसीहरुलाई एमाले स्थायी कमिटी सदस्य मणीचन्द्र थापा, पोलिटब्युरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा, केन्द्रिय सदस्य एवं प्यूठान सहइन्चार्ज तथा लुम्बिनी प्रदेससभा सदस्य हरि रिजाल र जिल्ला पार्टी अध्यक्ष तुल्सीराम शर्मा लगायतका नेताहरुले स्वागत गरे ।
एमालेप्रती जनताको आकर्षण बढ्दै गएको र सिंगो जिल्लाभरमै प्रवेशको कार्यक्रमलाई तिब्रता दिईने योजना रहेको नेताहरुले बताएका छन् । एमालेको देशव्यापी पार्टीप्रवेशको कार्यक्रम चलिरहेको छ ।
