कर्णाली प्रदेशसभा : प्रतिपक्षी अनुपस्थित भएपछि बैठक स्थगन


कर्णाली प्रदेशसभाको आज बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) उपस्थित नभएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षी दलका सांसद बस्ने कुर्सी खाली भएको उल्लेख गर्दै सभाको परम्परा र कानुनी प्रावधानअनुसार सदन अगाडि बढाउन उपयुक्त नभएको सुझाव दिए। नेता शाहीको सुझावपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराए।

कर्णाली प्रदेशसभा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले आफूहरूले उठाएको विषय सम्बोधन नगरी बजेट ल्याएको बताए। उनले भने, “बजेट कानुनसम्मत छैन, सरकार असफल भइसक्यो।”

माओवादी केन्द्रले ‘आयोजना बैंक’लगायतका विषयमा असहमति जनाएपछि भएको ढिलाइले असार १ गते प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गरेको थियो। संवैधानिक व्यवस्थाका कारण बजेट प्रस्तुत गर्न दिए पनि आफूले उठान गरेका विषय सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि नबढाउने जिसीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *