शान्ता चाैधरीद्वारा चुरे संरक्षण प्रतिवेदन कार्यान्वयन देखि रारा क्षेत्रमा हाेटल नबनाउनसम्म ध्यानाकर्षण


काठमाडाैं । नेकपा एमालेकी सचेतक शान्ता चाैधरीले राष्ट्रपति चुरे संरक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयनदेखि रारा ताल किनारमा हाेटल बनाउन लागिएकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

ad
ad

मंगलबार बसेकाे प्रतिनिधि सभाकाे कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिकाे बैठकमा सांसद् चाैधरीले संवेदनशील क्षेत्रमा वातावरणीय प्रभाव मुल्यांकन (इआइए) गरेर मात्र काम अगाडि बढाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।

समितिमा आमन्त्रित सदस्यका रुपमा सहभागी हुनुभएकाे शान्ताले राष्ट्रपति चुरे संरक्षणका पदाधिकारीलाई स्पष्टिकरणसहित हटाइएको कुरा बाहिर आएकाे भन्दै यसबारे सत्यतथ्य छानबिन हुनुपर्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘म समितिकाे सभापति हुँदा साे समितिले यसबारे एतिहासिक प्रतिवेदन तयार पारेकाे थियाे, जसकाे कार्यन्वयन भएकाे देखिँदैन, यसकाे कार्यान्वयन हुन आवश्यक छ ।’ 

ढुंगा गिट्टी बालुवा उत्खननबाट संवेदनशील हुनुपर्ने भन्दै उहाँले तत्कालीन समयमा आफूहरुले यस बिषयलाई प्राथमिकतामा राखेर जथाभावी उत्खनन् गर्न नदिएकाे प्रष्ट पार्नुभयाे । यसमा समितिले ध्यानाकर्षण गराउनुभयाे ।

सांसद् चाैधरीलेकेही महिना अघि चितवनमा निर्माणाधिन सडककाे नालामा फसेर गैंडा मरेकाे विषय गम्भीर भएकाे उहाँले बताउनुभयाे । राष्ट्रिय निकुञ्ज निक्कै संवेदनशील क्षेत्र भएकाे र त्यस्ता क्षेत्रमा विकासका काम गर्दा वातावरणीय प्रभाव मुल्यांकन (इआइए) गर्न जरुरी रहेकाे बताउनुभयाे । छानबिनका लागि बनाइएकाे समितिले वास्तविकताकाे छानबिन गर्नेमा शंका उत्पन्न भएकाे बताउनुभयाे । जसले बाटाेमा खाल्डाे खनेकाे छ छानबिन समितिमा त्यसैलाई राख्दा छानबिन निष्पक्ष हुन नसक्ने शान्ताले बताउनुभयाे । ‘वन्यजन्तु आरक्ष तथा निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा विकासका काम गर्दा इआइए अत्यावश्क छ, यस बिषयमा सामान्य कर्मचारीलाई कारबाही गरिएकाे भन्ने कुरा आइरहेका छन्, यसबारे गठित आयाेग वा समितिले गम्भीरपूर्वक छानबिन गराेस् ।’ आफू समितिकाे सभापति भएका बेला राष्ट्रिय निकुञ्जका होटल हटाएर गैंडा मर्ने क्रमलाई जिराे पोचिङमा पुर्‍याएकाे बताउनुभयाे ।

लाङटाङको हाइड्रोपावरले त्यस क्षेत्रमा पार्ने असरका बारेमा ध्यान दिन पनि उहाँले समितिमार्फत सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । कार्यविधि परिवर्तन गरेर यति ग्रुपलाई दिएकाे भन्ने कुरा आएकाे भन्दै उहाँले कति पानी छाेड्दा कति असर गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयाे ।

रारा ताल क्षेत्रमा हाेटल बनाउन लागिएकाे विषयमा पनि शान्ताले कुरा उठाउनुभयाे । रारा नेपालकाे मुख्य पर्यटकीय गन्तव्य भएकाले यसकाे नजिकै हाेटल बन्दै गए यसकाे सुन्दरतालाई असर पुग्ने शान्ताले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘रारा यति सुन्दर छ कि फर्कँन मन लाग्दैन, त्यस्ताे ठाउँ रारा वरिपरि वा नजिकै हाेटल निर्माण गरिएकाे खण्डमा रारामा पलुसन बढ्न सक्छ, हाेटल खाेले पनि ताल भन्दा अलि टाढा खाेल्नुपर्छ ।’ रारालाई अहिलेकै अवस्थामा राख्ने हाे भने त्यहाँ हाेटल बनाउने अनुमति दिनै नहुने बताउनुभयाे ।

सरकारले २ वटालाई मात्र हाेटल खाेल्न दिएकाे भन्ने कुरा आएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘त्यहाँ हाेटल खाेल्दा प्रतिष्पर्धात्मक रुपमा खाेल्न दिनुपर्ने र सम्बन्धित मन्त्रालय वा निकायले त्याे अनुमति रद्द गराेस्, त्यहाँ होटल राख्ने काम तुरुन्त बन्द गरियाेस् ।’ (सनराइज खबरबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *