इतिहास बुझेर देश विकासमा लाग्न युवालाई मुख्यमन्त्री कँडेलको आग्रह


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले युवाले इतिहासको सङ्घर्षलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताका छन् ।

कर्णाली प्रदेश स्तरीय युवा उद्यमको प्रवर्धन सम्मेलको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् । इतिहासको सहि तरिकाले मूल्यांकन गरेर मात्र यो अनुकुलता र अवसर प्राप्त परिवेशमा देश विकासमा टेवा पुग्नेछ । दलीय व्यवस्थामा कुनै न कुनै राजनीति पार्टी र जनप्रतिनिधि छन्, नुनका लागि छ महिना कुर्ने अवस्थाको अन्त्य भएको यो अनुकुल परिवेशमा होइन निकै दुखःका क्षण पुराना युवा पुस्ताले पार गरेको स्मरण गर्नुपर्छ, उनले भने । उनले नकारात्मक टिप्पणी गर्ने बानी सुधार गर्नुपर्ने बताए । तपाईंलाई विज्ञता हासिल गर्ने परिवेश ल्याउने उनै पुरानाको योगदान हो ।

पात्र हेरेर होइन आफूले यो देशका लागि के गर्ने भनेर सोच्यौँ भने बल्ल मुलुक बदल्न सक्छौँ । शारीरिक श्रमलाई हेर्ने दृष्टिकोण सकारात्मक जबसम्म हुँदैन तबसम्म युवा विदेशिन छोड्दैनन, मुख्यमन्त्री कँडेलले भने । सम्मेलनमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, पूर्वमन्त्री विन्दमान विष्टले युवालाई रोजगार केन्द्रित गर्ने योजना छनोटमा सरकारले प्राथमिकता दिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *