सुर्खेत जिल्लाको बराहाताल गाउँपालिका–४ साजघाट रिङाउस्थित भेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । असार २० गते दिउँसो करिब ३:४० बजे अज्ञात पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अन्दाजी ३० देखि ३२ वर्षको जस्तो देखिने शवलाई अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको प्रहरी निरीक्षक रमेश कुमार थापाको टोलीले फेला पारेको हो ।
प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानको सुरक्षा गरिसकिएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक रबिन्द्र सिंह कार्कीको कमाण्डमा कुकुरसहितको ७ जनाको टोली घटनास्थलमा खटिएको छ । शवको पहिचान खुल्न बाँकी रहेको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
