संसद्‍मा साउन ७ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर


प्रतिनिधिसभा बैठकमा साउन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएका हुन्।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ।

समूह दशमा रहेका सांसदहरूले यही साउन २ गते दिउँसो १ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष प्रश्न बुझाउनसमेत सभामुख घिमिरेले आग्रह गरे।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्षरुपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *