प्रधानमन्त्री देउवा बालकोटमा


काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । बिहीबार बसेको सत्ता गठबन्धको बैठकलगत्तै देउवा ओली निवास बालकोट गएका हुन् ।

प्रधान मन्त्रीको सचिवालयका अनुसार गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा सहमति जुट्न नसकेपछि एमालेको सहयोग माग्न देउवा बालकोट गएका हुन् । बालुवाटारमा बसेको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको थियो ।

गठबन्धनको बैठक शुक्रबार बिहान १० बजे फेरि बस्ने सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *