सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मधेस प्रदेशमा परेको खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन्।
बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मधेसमा रहेको खोनपानीको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजनाहरु बनाइरहेको पनि बताए।
मानवीय कारणले उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि समेत रणनीति बनाएर कार्यान्वयन गरिने उनको भनाइ छ।
उनले विपद् व्यवस्थापन प्राधिकरणलाई प्रभावकारी बनाएर विपद्जन्य घटनाको व्यवस्थापन र जोखिम नियन्त्रण गर्नुपर्ने बताए।
