सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पुर्नसंरचनाको प्रतिवेदन लाई लिएर कर्मचारीहरु भयवित नहुन आग्रह गरेका छन । आयुर्वेद चिकित्सकहरुसँगको छलफलमा मुख्यमन्त्री कँडेलले प्रशासनिक पुर्नसंरचना हुँदा कर्णालीमा हाल कार्यरत कर्मचारीको बृति विकासमा कुनै बाधा पर्न नदिईने विषयमा सरकार सचेत रहेको बताएका हुन ।
उनले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको बैज्ञानिक पुर्नसंरचना आवश्यक रहेको हुँदा प्रस्तावित प्रतिवेदनलाई सहजरूपमा लिनुपर्ने र यसको लागि साच्चिकै कर्णाली भनेर काम गर्न आएका कर्मचारिहरूले सकारात्मक सहयोग पुर्याउनु पर्ने उल्लेख गरेका हुन ।

कर्णाली प्रदेश सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको पुर्नसंरचनाको प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकले आफना सरोकारका विषयहरु राख्दा मुख्यमन्त्री कँडेलले समितिको सुझाव प्रतिवेदन हाल अध्ययन भइरहेको र यसका राम्रा पक्षलाई क्रमशः कार्यान्वयन गर्दे लैजानुपर्ने उनको धारणा थियोे ।
मुख्यमन्त्री कडेलले समितिले सरकारलाई बुझाएको प्रतिवेदन हुबहु नभई त्यसका राम्रा र सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरि सरकारले छलफल चलाउने र प्रदेशले अरुको नक्कल भन्दा आफनै प्रदेशको यर्थाथता र आवश्यकताका आधारमा आफना संरचनाको विकास र पुर्नसंरचना गर्नुपर्ने बताए ।
प्रशासनिक पुर्नसंरचनाका सम्बन्धमा यसअघि पनि सरकारलाई प्रतिवेदन बुझाइएको आफूले सुनेपनि सार्वजनिक नभएको बताउँदै प्रतिवेदन सुझाव भएकोले यसबाट राम्रा र कार्यान्यवन योग्य विषयहरु लिनका लागि यसपटक सार्वजनिकरण गरेकाे जानकारी दिए ।
