रोगले भगायो भोकले खिच्यो


कामको खोजीमा हजारौँ यूवाहरु कामको सिलसिलामा भारत तर्फ प्रवेश गर्न थालेका छन् । घरमा बस्दा कामको चिन्ता भारत जाँदा महामारीको चिन्ताले भारत प्रवेश गर्ने र स्वदेश र्फकनेहरुको नेपालगन्जको जमुनहा नाकामा मानिसहरुको लर्को लागेको छ ।

बाँकेको जमुनहा भन्सारमा यति बेला मानिसहरुको घुईचो लागेको छ । कोही कामको खोजीमा भारत प्रवेश गरिरहेका छन् भने कोही कोरोना महामारीको दरले स्वादेश फर्कन थालेका छन् । घरमा बस्दा छक तार्न धोै धौ भएपछि जाजारकोट घर भएका कंचन नेपाली कामको खोजीमा भारतको हिमाचल प्रदेशमा जाने लक्ष्य लिएर नेपालगन्जको जमुनहा नाका भएर भारत प्रवेश गरेका छन् । उनी घरमा बस्दा काम नपाउने र घरमा बसेर खाने सुत्ने मात्र काम भइरहेको बताउनु भयो । उनी भारतमा गएर भारतीय १२ हजार रुपैँया कमाउने सोचले भारत प्रवेश गरेको बताए ।

कोरोना महामारीले गर्दा नेपालका अधिंश मानिसहरुको कंचन नेपाली जस्ता कान्ति बिजोग भएको छ । नरेन्द्र कुमार बास्तोला सानै उमेर देखि भारतको नैनिताल बस्दै आएका छन् । उनी साना हुँदा खेरी नै बाबु आमा भारतमै बसोबास गरेकोले आफु पनि उते बसोबास गरको बताउनु भयो । उनी नेपालमा कामदारको खोजीमा आएका छन् । भारतमा तेस्रो लहरको कोरोना महामारी आएपछि कामदार सबै घर फर्केका छन् । काम गर्ने मानिसहरु नभएपछि नेपाल फर्केको बताउनु भयो । उनले भने भारतमा कोरोनाले गर्दा प्राय सबै नेपाली घर फर्किन लागेका छन् ।

घरमा बसेर काम नपाएपछि सानै उमेरमा जाजारकोट घर भएका हरी बहादुर नेपाली पनि कामका लागि भारत हिडेका छन् । उनी भारतमा गएर पेटी बोक्ने लेबरको काम गर्ने सोच बनाएर भारत प्रवेश गरेको बताए ।

नाकामा यूवाहरुकोे हुल देख्दा नेपालमा कुनै किसिममाको काम नै नपाईने रहेको छ । एक तिर सरकारले विभिन्न किसिमका योजनाहरु ल्याएपनि अहिले सम्म यूवाहरुलाई विदेशीनबाट रोक्न सकेको छैन । यसरी यूवाहरु विदेशीनु भनेको नेपालको अर्थतन्त्रमा घाटा लाग्नु यसरी नेपालको विकास कहिले हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *