सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुली : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराए।

“तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ। सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *