२०८४ को चुनावमा गठबन्धन गर्न कांग्रेस र एमालेलाई प्रचण्डकाे चुनाैती


पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा गठबन्धन गर्न नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनौती दिनुभएको छ ।

आज पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दललाई २०८४ को चुनावमा समेत गठबन्धन गर्न चुनौती दिनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभयो ।

आजै तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीको शहीद पार्कमा बिहान भएको भेटघाट कार्यक्रममा प्रचण्डले शहीद, बेपत्ता र घाइतेका परिवारको उचित मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले शहीदकै योगदानका कारण देशमा परिवर्तनको अवस्था सिर्जना भएको भन्दै योगदानलाई भुल्न नहुनेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *