गुट बनाएर नेतृत्वले ठूलो त्रुटि गर्‍यो : प्रदीप पौडेल


स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले गुट बनाएर दलको नेतृत्वले ठूलो त्रुटि गरेको बताएका छन्।

शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्नु उचित नहुने बताए।

उनले पार्टीको नेता भइसकेपछि सबै सदस्यलाई समान व्यवहार गर्न सक्नुपर्ने बताए। उनले स्वार्थ त्यागेर र समर्पण गरेर मात्रै राजनीति गर्न सकिने बताए। स्वार्थका कारण राजनीतिमा लागेको मानिसलाई राजनीतिक व्यक्तित्व भन्न नमिल्ने बताए।

मन्त्री पौडेलले भने, ‘नेतृत्व भनेको त अभियानको नेता हो। त्यो अभियान पूरा गर्नका लागि स्वार्थ त्यागेर सँगसँगै हिँडेको मानिस हो नि त। राजनीतिक परिभाषाभन्दा स्वार्थले राजनीतिमा लागेको छ भन्दा राजनीतिको परिभाषाअनुसार उसले राजनीति गरेको मानिनु हुँदैन। त्यसैले हाम्रो नेतृत्व वा हाम्रो व्यवहारगत पक्षबाट निकै ठूलो त्रुटि छ।’

मन्त्री पौडेलले परिवर्तनका निम्ति जोखिम मोल्न सक्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *