नेपालको समृद्धिको दिगो आधार पर्यटन : महासचिव पोखरेल


नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालको समृद्धिको दिगो आधार पर्यटन क्षेत्र रहेको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोध गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको समृद्धिको आधार पर्यटन रहेको बुझेर संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी रहेको बताए। उनले कुनै पनि मुलुकको विकासका लागि जनताको जीवनस्तर माथि उठाउनुपर्ने बताए। 

उनले अभाव र गरिबीको बीचमा रहेर सम्पदा क्षेत्रहरुको आकर्षण वृद्धि गर्न नसकिने बताए। उनले नेपालमा जनताको स्तर माथि उकास्ने कुरा भनेको कृषिको रुपान्तरण नै रहेको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *