नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीका अध्यक्ष प्रचण्ड आगामी महाधिवेशनमा उम्मेदवार नबन्ने खुलासा गरेका छन्।
शुक्रवार काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन्।
उनले भने‚ ‘अध्यक्ष प्रचण्ड आगामी महाधिवेशनको उम्मेदवार हुनहुन्न र प्रतिस्पर्धा गर्नुहुन्न।’
आजबाट आफूहरू पदाधिकारी नभई महाधिवेशन आयोजक समितिको सदस्य भएको बताए। पार्टीले जेन जी आन्दोलनको मूल भाव, पार्टीलाई लोकतन्त्रीकरण, शुद्धिकरण अझ नयाँ बनाउनुपर्नेमा जोड दिए।
उनले देश रहे र लोकतन्त्र रहे मात्रै प्रतिस्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरूले रूपान्तरणबारे सोच्नुपर्ने बताए। अहिलेसम्मका आन्दोलनको उपलब्धिको रक्षा, देशको स्वाभिमान र स्वाधीनता बचाउन जरुरी रहेको बताए।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीवारदेखि काठमाडौँमा जारी थियो।