मलाई डाक्टरले लड्न नहुने सुझाव दिनुभएको छ : केपी ओली


काठ्माण्डौ : नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डाक्टरले लड्न नहुने सुझाव दिएको बताउनुभएको छ । नेपाल खेलकुद महासंघले आज गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले आफूलाई पनि खेलमा रुचि भएको भए पनिडाक्टरले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताउनुभयो ।

दुई पटक मृगौला प्रत्यारोप गराएका ओलीले भन्नुभयो, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याटमिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ ।’ खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उहाँले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *