डोल्पा भेरी नदीमा निर्माण गरिएको बेलिब्रिज पुलको उद्घाटन ।


डोल्पाको सदरमुकाम दुनै स्थित भेरी नदीमा बेलिब्रिज पुल उद्घाटन गरिएको छ । सदरमुकाम दुनैको कालिका मन्दिर देखि जिल्ला अस्पताल जोड्ने बेलिब्रिज पुलको कर्णाली प्रदेश मुख्यमन्त्री यामलाल कँडेलले बुधवार उद्घाटन गरेका हुन ।

कर्णाली प्रदेश भौतीक पुर्वाधार तथा शहरी बिकास तथा मन्त्री शेर बहादुर बुढाको बिशेष पहलमा प्रदेश सरकारको क्रमागत बिनियोजत बजेट अन्तर्गत रहेर पुर्वाधार विकास कार्यालय ,डोल्पाले पुल निर्माणका लागि ४ करोड १७ लाख ७० हजार ५९० मा आरआइडिए आरसी नेपाल प्रालिसँग २०८१ असार १६ गते सम्झौता गरी काम अगाडि बढाएको मन्त्री बुढाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री हुनु पुर्व जिल्ला समन्वय प्रमुख सांसद हुँदादेखि नै त्यस पुल निर्माणका लागी चासो दिएपनि प्रयाप्त बजेट अभावका कारण निर्माण हुन सकेको थिएन । यसपटक आफू मन्त्री भएपछि समयमै बाँकि काम सम्पन्न गर्न निर्देशन दिए पश्चात २०८३ असार १५ मै निर्माण कार्य पुरा भएको जनाएको छ।


पुल निर्माण सँगै डोल्पा अस्पताल , खाद्य व्यवस्था तथा व्यापार कम्पनी , जिल्ला कारागार , सामाजिक विकास कार्यालय , जिल्ला खेलकुद विकास कार्यालयमा जान र आउन झोलुङगे पुल प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । खाद्यान्न तथा औषधि ,उपचार गर्ने लगायत दैनिक जिवनयापनका लागि पुल निर्माण पछि आवतजावतमा सहज हुने स्थानियको भनाइ छ ।स्थानियका अनुसार “सबैभन्दा कठिनाइ बिरामि हस्पिटल पुर्याउनु थियो । बिरामिलाई स्टेचरमा राखेर अस्पताल लगिन्थ्यो अब भने एम्वुलेन्स प्रयोग गर्न सकिनेछ”

पुल निर्माण भए सँगै खाध व्यवस्था तथा व्यापार कम्पनिलाई दुनै स्थित कार्यालयबाट खाद्यान्न ल्याउन , भण्डारण गर्ने समस्या हुँदै आएकोमा उक्त्त समस्या समेत अब हल हुने कार्यालयले जनाएको छ । यसैगरी भेरी करिडोर सडक योजनालाई समेत यो पुलले सघाउ पुर्याउने छ । डोल्पाको सदरमुकाम दुनैको बीचबाट भेरी नदी बग्ने भएकाले सरकारी तथा अन्य कार्यालयहरु नदीको वारीपारी हुँदा काम गर्न असहज हुँदै र ढिलाइ हुँदै आएको थियो ।

बेलिब्रिज पुल निर्माण भएसँगै सवारीसाधनहरु सिधैँ कार्यालयमा लिन र ल्याउन सकिने भएको छ । पाँच महिना भित्र पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय ,डोल्पाका प्रमुख इन्जिनियर टेक बहादुर हितानले जानकारी दिए । पुल नहुँदा समयमै उपचार गर्न नपाएर यहाँका बिरामीहरु हैरानी व्यहोरिरहेका थिए । अब बिरामीहरु सहजै अस्पताल सम्मा पुग्न र आउन सक्ने भएको उनले बताएका छन । लामो समयको प्रतिक्षा पछि यहाँ सम्पन्न भएको पुलले डोल्पा सदरमुकामबासिको सपना पुरा गरेको उनको दाबि छ।

पुल प्रयोगमा आए सँगै भेरी करिडोर सडक मार्फत जुफाल स्थित विमानस्थल र अन्य ठुला अस्पतालमा बिरामीहरु लिन र ल्याउन सहज भएको छ । पुल नहुँदा भेरी पारी पट्टीको भागमा यातायातको पहुँच पुग्न सकेको थिएन । निर्माण सामग्री लिन र ल्याउनका लागि भेरी नदी बाधक रहदै आएको थियो । खाद्यान्न ढुवानी गर्नका लागि होटल तथा पसलहरुका अधिकांश घरहरु भेरी नदीको पारीपट्टी रहेको हुँदा अब खाद्यान्न ढुवानी , भण्डारण लगायतका कामहरुमा कम खर्चिलो र दैनिक जिवन सहज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *