नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले डोटि जिल्लाको इन्चार्जमा गौरी ओली चयन हुनुभएको छ ।
शुक्रबार बसेको नेकपा एमाले केन्द्रिय कमिटीको पुर्ण बैठकबाट ओलीलाई जिल्ला कमिटी डोटिको इन्चार्जको जिम्मेवारी दिइएको हो ।
नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा संविधान सभा सदस्य समेत रहनुभएको प्रखर वक्ता गौरी ओलिलाई डोटि जिल्ला इन्चार्जमा मनोनीत गरिएको छ ।
२०५३ बैशाखमा अखिल नेपाल महिला संघ डोटीको संस्थापक अध्यक्ष, २०५५ मा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा डोटी जिल्ला र सेती अञ्चल इन्चार्ज हुनुभएका ओली २०६० मा अखिल नेपाल महिला संघको केन्द्रिय स्थाइ कमिटी सदस्य तथा सेती अञ्चल इन्चार्ज हुनुभएको थियो ।
२०६९ देखि हालसम्म अखिल नेपाल महिला संघ केन्द्रिय सचीव तथा सुदुर पश्चिम प्रदेश प्रमुख भएर काम गरिसक्नु भएको ओली २०५४ देखि २०६३ सम्म पार्टीको डोटी जिल्ला कमिटी सदस्य र २०६४ मा पार्टीको सेती अञ्चल कमिटी सदस्य भएर काम गरिसक्नु भएको छ ।
प्रखर वक्ताको रुपमा परिचित नेता ओली २०६५ देखि २०७१ सम्म पार्टीको केन्द्रिय कमिटी सदस्य र २०७१ देखि २०७५ बैशाखसम्म पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा २०७५ जेठ देखि हाल सम्म पार्टी केन्द्रिय सदस्य हुनुहुन्छ ।
२०६२/६३ को १९ दिने जनआन्दोलनमा डोटी जिल्लाबाट सातै राजनीति दलको नेतृत्वदायी भुमिका निर्बाह गर्दा प्रहरीको बर्बर कुटाइ पिटाइ यातना अपमान आदि बेहोर्नुका साथै जेलमा समेत पर्नुभएको नेता ओली २०७० को दोस्रो संविधानसभा सदस्य समेत हुनुहुन्छ ।
