नेपालगन्ज राझामा यौन व्यवसाय गर्नेहरु पक्राउ


नेपालगन्ज ः बाँकेको नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २० बाट अबैध यौन धन्दा सन्चालन गर्नेहरुलाई प्रहरीले प्रकाउ गरेको छ । लामो समयदेखि होटलमा यौन धन्दा सन्चालन गर्ने राझा स्थित काठमाडौ गेष्ठ हाउसका सन्चालक ४२ वर्षका नैन बहादुर भन्ने नथन बहादुर नापितलाई हिजो प्रहरीले छापा हानि प्रकाउ गरेको हो ।

सोहि होटलबाट बर्दिया बढैयाताल गाउँपालिका १ बस्ने १८ वर्षकी मुस्कान विकलाई पनि प्रकाउ गरेको हो । त्यस्तै, राझा क्षेत्रमा भेरी महाकाली गेष्ट हाउस सन्चालन गर्ने ४२ वर्षका पार्वती नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोहि गेष्ट हाउसबाट कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ६ बस्ने २४ वर्षकी भुमिका क्षेत्रि, कैलाली धनगढी उप महानगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षकी सुमन भट्टलाई प्रहरीले प्रकाउ गरेको हो ।

उता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित विकास खाजा घर बाट दाङ्ग बंलाचुली गाउँपालिका वडा नम्बर १ बस्ने ३२ वर्षकी रितु पाण्डे र सोहि खाजाघरबाट कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर १० बस्ने २२ वर्षका राजेन्द्र अधिकारी समेतलाई प्रहरीले प्रकाउ गरेको हो ।

बाँके जिल्लाका विभिन्न होटलहरुमा यौन व्यवसाय फैलदै गएको जनगुनासो आएपछि हिजो बैसाख ८ गते वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरिक्षक डिल्ली बहादुर खड्का सहितको टोलिले छापामारी प्रक्राउ गर्न सफल बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *