कर्णाली प्रदेश सरकार स्थानीय तहका जनप्रतिनिधिसंग छलफल गर्दै ।


पछिल्लो परिवर्तित राजनिति अवस्था पछि प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एक रूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको छलफल गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा कातिक २५ र २६ गते प्रदेश राजधानी सु्र्खेतमा भेला आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

दुइ दिने भेलामा नगरप्रमुख र उपप्रमुख सहित सम्बन्धित पालिकाका प्रमुख प्रशासिकय अधिकृतहरूको सहभागिता रहने छ। भेलामा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख/ उपप्रमुख सहभागिलाई समेत बनाइने भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा मुख्यरूपमा ३ वटा विषयहरू छलफल हुनेछन पहिलो प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध सम्बन्ध तथा सेवा प्रवाह, दोश्रो कर्णाली प्रदेशले योजना छनौट सम्बन्धी हाल गरिएको अभ्यास र योजना छनौट कार्यविधि, तेश्रो स्थानीय तहका कर्मचारी र राजस्व संकलन तथा वाँडफाँड सम्बन्धी । सचिव विकका अनुसार संविधानमा तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयमा आधारमा अघि बढनु पर्ने भावना अनुसार प्रदेश र स्थानीय तहका सरकारबीचको सम्बन्धलाई थप समन्वयात्मक ढंगले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रियाको आयोजना गरेको हो। उनका अनुसार छलफल तथा अन्तरक्रियाले दुई तहका सरकारबीच देखिएका कतिपय सम्बन्ध तथा समस्या र समाधानका उपायहरू खोजिने छ। कर्णाली प्रदेश सरकारले पहिलो पटक योजना छनौट तथा आयोजना बैकको अवधारणा ल्याए चालु आवको बजेट कार्यान्वयन गरिररहेको छ। कार्यक्रममा उक्त अवधारणालाइ थप परिमार्जन गर्ने सन्दर्भमा समेत छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *