नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा आइतबार दिउँसो साढे ३ बजेबाट बन्दसत्र सुरु भएको हो। बन्दसत्रमा देशभरबाट आएका २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन्।
बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वमा वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेताहरूले बताएका छन्।
सहमति जुट्न नसके विद्युतीय भोटिङ मेसिन प्रयोग गरी निर्वाचनमा जाने एमालेको तयारी छ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन भोलि सोमबार नयाँ नेतृत्व चयन गरेर सकिने बताइएको छ।
