लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिगको उपाधि


नेपाल प्रिमियर लिग-२ को उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनीले जित हात पारेको हो। 

टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट घुमाएर ८५ जम्मा रन बनाएको थियो।

८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले ९ ओभरमा चार विकेट गुमाएर लक्ष्य हात पार्‍यो। लुम्बिनीका लागि दिनेश अधिकारीले ४२, रोहित पौडेलले १६, डी आर्की सर्ट १४ रन बनाएर आउट भए। सन्दीप जोरा शून्यमा आउट भए। 

सुदूरपश्चिमका लागि हेमन्त धामीले दुई, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक एक एक विकेट लिए। 

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी १३ र हर्मीत सिंह र स्कट कुग्गेलेजिन समान १०/१० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

विनोद भन्डारी, दीपक बोहरा र पुनीत मेहरा शून्यमै पेभेलियन फर्कदा शेल्डन जाक्सन र अविनास बोहराले समान १/१, आरिफ शेख ६ रनमा आउट भए।

सुरुबाट नै बलिङबाट दबाबमा राखेको लुम्बिनीका लागि कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेल्मन र शेर मल्लले समान तीन तीन विकेट लिए। एघारौँ ओभरमा रोहितले ह्याट्रीक विकेट लिएका थिए।  तिलक भन्डारीले एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *