बाघको आक्रमणबाट राप्तीसोनारीमा एक महिलाको ज्यान गयो


नेपालगन्ज : बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा एक महिलाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ प्रसोहनाकी ५२ बर्षीया लिला बिष्ट रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार विहान ११ बजेतिर स्थानीय जंगलमा स्याउला लिन गएकी उनलाई बाघले आक्रमण गरेको थियो।

उनको शव सामुदायिक वनको घट्टखोलामा फेला परेको बताइएको छ। उनीसंगै अन्य दुई महिला पनि संगै थिए । तर, उनीहरु भागेर बाँच्न सफल भएका छन् । जलहन सामुदायिक वनको तीन पाने भन्ने ठाउँमा बाघले उनलाई झम्टेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *