नेपालगन्ज : ओली वंश समन्वय समाज नेपालको केन्द्रिय सल्लाहकारहरुको नामावलीको टुंगो लागेको छ । हरि ओली अध्यक्ष रहेको ओली वंश समन्वय समाज नेपालको केन्द्रिय सल्लाहकारहरुमा विभिन्न जिल्लाको गरेको १२ जना केन्द्रिय सल्लाहकारहरु रहेका छन् ।
जसमध्ये कोमल ओली (दाङ) , शिव सिंह ओली (कैलाली), गौरी ओली (डोटी ) तथा तेज बहादुर ओली ( पुर्वी रुकुम) रहनु भएको छ ।
त्यस्तै सल्लाहकारमै देवि ओली (पश्चिम रुकुम), वीर बहादुर ओली ( बाँके) , वसन्त ओली , कृष्ण प्रसाद ओली ( काठमाडौं ) , डा. डिल्ली ओली (सल्यान ) , बिमला ओली ( दाङ ) , कमला ओली (कैलाली) र शान्ता कुमार ओलि (रोल्पा) केन्द्रिय सल्लाहकारमा रहनु भएको ओली वंश समन्वय समाज नेपालको केन्द्रिय सदस्य गोपाल ओलिले बताउनुभएको छ ।
