८५ जनाले फिर्ता लिए समानुपातिकतर्फको उम्मेदवारी


प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ ८५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। यो संख्या अझै केही थपिने निर्वाचन आयोगले जनाएको छ।

राजनीतिक दलहरूले यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए। उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित भएर वा वारेसमार्फत् उम्मेदवारी फिर्ताको निवेदन दिन सक्नेछन्।

आयोगले उम्मेदवारी फिर्ता भएको जानकारी दिएपछि सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउने व्यवस्था रहेको छ।

प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैछ। प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भने आगामी माघ ६ गतेका लागि तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *