नेपाली कम्युनिष्ट पार्टि कर्णाली प्रदेश सभाको संसदीय दलको नेतामा मंगल बहादुर शाही चयन भएका छन ।

लामो समयको आन्तरिक छलफल पछि आज बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मतको आधारमा बहुमतले संसदीय दलको नेता चयन गरेको हो ।
नेकपाभित्र तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि राजकुमार शर्मा संसदीय दलको नेताको जिम्मेवारीमा थिए। उनले गत १७ मंसिरमा पदबाट राजीनामा दिएपछि नेतृत्व विहिन बनेको थियो। नेकपाले छलफल बाटै मिलाउन लामो कसरत गरेपनी बिन्दमान बिष्ट,दुर्गा बहादुर रावत र मंगल बहादुर शाही बिच सहमति नजुटेपछि अन्ततःमतदानमार्फत नेता चयन प्रक्रिया टुंगो लागेको हो।
यसअघि दलको नेताका लागि रणसिंह परियार र कृष्णबहादुर जीसीले पनि दाबी प्रस्तुत गरेका थिए। तर सहमतिका लागि उनीहरूले आजको बैठकमा आफ्नो दाबी फिर्ता लिएका थिए।
