आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाललेले कुलमणि देवकोटाले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार देवकोटाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
देवकोटा पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा यसअघि नेकपा तथा नेकपा (माओवादी केन्द्र)ले मनोनयन दर्ता गरिसकेका छन्। यस्तै, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले पनि उम्मेदवारी दर्ताको तयारी गरिरहेका छन्।
