इमानदारिता र शालीनताले राजनीतिमा टिकेका हरिकृष्ण श्रेष्ठ।


बि.स २०२२ साल भदौ २ गते बाबु अमरलाल र आमा मतीकुमारीका जेठा छोराको रुपमा सदरमुकाम बेनीबजारमा जन्मिएका हरिकृष्ण श्रेष्ठ आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार छन् । लामो राजनीतिक र सामाजिक सेवा गरेको अनुभव रहेको नेता श्रेष्ठमा इमानदारिता, नैतिकता, शालीनता क्षमतावान र जनताको मर्म बुझने मानवीय गुणहरू भेटिन्छ । 

म्याग्दीवासीको सेवा गर्न स्थायी सरकारी जागिर छाडेर राजनीतिमा होमिएका श्रेष्ठले सामाजिक संस्थामार्फत समेत धेरै काम गरेका छन् ।उनले आफ्नो ब्यवसायसँगै विभिन्न अभियानमार्फत म्याग्देलीसँग जोडिएका छन् ।जिल्लाको विकास र समृद्धिका लागि नेकपा एमालेलाई मतदान गर्न अनुरोध सहित चुनावी अभियानमा होमिएका श्रेष्ठले आफ्नो क्षमतालाई थप जनताको पक्षमा काम गर्नका लागि पार्टीले सर्वसम्मत उम्मेदवार बनाएकाले थप उत्साहित भएर चुनावी अभियानमा छन् । श्रेष्ठका एक श्रीमती र तीन छोरी छन ।

श्रेष्ठ निजामती सेवाको लेखा समुहबाट राजिनामा दिएर सकृय राजनीतिमा आएका हुन। प्रतिनिधि सभाका लागि एमालेबाट उम्मेदवार बनेका श्रेष्ठ ०३६ सालदेखी विद्यार्थी संगठन अनेरास्ववियु पाचौबाट विद्यार्थी राजानीतिमा प्रवेश गरेका थिए । श्रेष्ठ ०३८ सालमा प्रकाश माध्यामिक विद्यालयमा भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापनि निर्वाचित भएका थिए। ०४० सालमा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा अनेरास्ववियुका अध्यक्ष बनेका श्रेष्ठ ०४६ सालमा नेकपा मालेको बेनी कमिटी सदस्य, ०५० सालमा नेकपा एमालेको १ नम्बर इलाका सदस्य, ०५१ सालमा जिल्ला सदस्य र ०६६ देखी ०७८ सालसम्म एमालेका जिल्ला अध्यक्ष बनेका थिए ।


हाल एमाले नेकपा एमालेको केन्द्रिय सदस्यको भूमिकामा रहेका श्रेष्ठ राजनीतिसँगै सामाजिक कार्यमा उत्तिकै सक्रिय रहेकाले मतदातामाझ परिचित छन् श्रेष्ठ ०५४ देखी ०५९ सालसम्म अथुङ्गे गाविसका अध्यक्ष भएर काम गरेका थिए । 

बेनीबजारमा जन्मिएर हुर्किएपनि राजनीतिमा संघर्षले खारिएको, इमानले उज्यालिएका श्रेष्ठलाई एमाले बाहेकका अन्य राजनीतिक दलमा आस्था राख्नेहरुले समेत रुचाउँछन् । उनले राजनीतिलाई भन्दा धेरै जिल्लाका सामाजिक संस्थालाई समय खर्चिएका छन् । श्रेष्ठको सक्रियतामा बेनी बजारमा खानेपानी उपभोक्ता संस्थामार्फत शुद्ध खानेपानी वितरणको नेतृत्व गरेका थिए । म्याग्दी र कालिगण्डकी नदीको कटानले बेनीबजार जोखिममा पर्दा चन्दा तथा सरकारी बजेट जुटाउन श्रेष्ठले लेखेको भुमिकाको सधै प्रशंसा हुने गरेको छ । 

म्याग्दीका सक्रिय सामाजिक संस्थाहरुमध्ये म्याग्दी पुस्तकालय, नेपाल रेडक्रस सोसाईटी, म्याग्दी अस्पताल, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश माध्यामिक विद्यालय समेत दर्जनबढी सामाजिक संघ संस्थामा सफल नेतृत्व गरेका श्रेष्ठले लामो समयसम्म लाभको पदबाट टाढा रहनुभएका श्रेष्ठ बि.स २०७९ सालको प्रतिनिधिसभा सदस्यमा २० हजार १८९ मत प्राप्त गरेर उपविजेता भएका थिए । निर्वाचनमा पराजित भएपनि सक्रिय राजनीतिसँगै सामाजिक कार्यमा निरन्तर सक्रिय श्रेष्ठ नेकपा एमाले केन्द्रिय सदस्यममा समेत निर्वाचित भए । पार्टीको केन्द्रिय सदस्यको जिम्मेबारीसँगै जिल्लाबाट प्रतिनिधित्व गरी संघीय सरकारमा पुग्ने गरी पार्टीले फेरी उम्मेदवार बनाएपछि अहिले चुनावी तयारीमा जुटेका छन् ।बेनीअनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *