राष्ट्रियसभा सदस्यमा कर्णाली बाट नेपाली कांग्रेसका ललितजंग शाही र नेकपा एमालेकी मिनासिं रखाल विजयी।


राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको मतदानमा राष्ट्रिय सभा उम्मेदवार बनेका ललितजंग शाही र मिनासिंह रखाल विजयी भएका हुन् ।

शाही कांग्रेस र रखाल एमालेकी हुन् । अन्य क्लस्टरबाट उम्मेदवार बनेका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी बन्दा नेपाली कम्युनिस्ट पार्टीका बुद्विप्रसाद शर्माले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५० मतभार प्राप्त गरी पराजित बनेका छन।

यस्तै, एमालेकी रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेकपाकी अञ्जु महतारा शाहीले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५५ मतभार प्राप्त गरी पराजित भइन् ।

रखाल महिला क्लस्टरबाट विजयी भएकी हुन् । मतदानमा प्रदेशसभातर्फ ३९ र स्थानीय तहका एक सय ५२ जनाले भाग लिएका थिए । कर्णालीमा कांग्रेस र एमालेले गठबन्धन गरेर उम्मेदवार उठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *