काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले चुनावको विरोधमा नभएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा उनले एमालेले निर्वाचनमा सुरक्षा र निष्पक्षता खोजेको बताएका हुन् ।

उनले भनेका छन्, ‘एमाले चुनावको विरोधमा सुरुदेखि नै थिएन । उसले निर्वाचनमा सुरक्षा दिन सकेमा र निष्पक्ष भएमा निर्वाचनमा भाग लिन तयार रहेको भन्दै आएको थियो । हामी चुनाव विरोधी होइनौं भन्दै सरकारको वैधानिकतामा मात्र प्रश्न उठाउने काम गरेको थियो ।’
सुरुवातदेखिका भेटमै एमालेले निर्वाचन निष्पक्ष र सुरक्षित भए भाग लिन्छौं भन्दै आएको र सरकारले सुरक्षाको प्रत्याभूति दिएको बताए । न्युज स्रोत :कान्तिपुर
