नेकपा एमालेले खोल्यो जितको खाता, बाँके-२ मा इस्तियाक राई विजयी।


नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा पहिलो जित निकालेको छ।

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन्। आफ्ना निकट प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेक कुमार श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्।

निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार राईले २४ हजार ६२८ मत प्राप्त गरेका छन् भने रास्वपाका श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरेका छन्।

इस्तियाक राई यही निर्वाचन क्षेत्रबाट २०६४ र २०७४ मा विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभामा भने उनी पराजित भए। उनी तीन पटक मन्त्री बनिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *