आईएनएफ सुर्खेतले कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीलाई पाँच थान स्पोटर्स व्हील चियर सहयोग गरेको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा आज एक कार्यक्रमका वीच आईएनएफले कर्णाली प्रदेश पारा ओलम्पिक कमटीलाई पाँच लाख ५० मूल्यका स्पोटर्स व्हील चियर सहयोग गरेको हो ।

सामाजिका विकास मन्त्रालयका शिक्षा तथा सामाजिक शाखा प्रमुख सुर्वण खड्का र आईएनएफ सुर्खेतका प्रमुख ललित सारुले उक्त स्पोटर्स व्हील चियर कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीका अध्यक्ष किरण किशोर सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
आईएनएफ सुर्खेतका प्रमुख सारुले शारीरिक अपाङ्गता भएका खेलाडीहरुलाई खेलकुद गतिविधिमा सक्रियरुपमा सहभागी हुन र उनीहरुको आत्मबल बढाउनका लागि सानो मद्दत गरिएको बताए । उनले स्पोटर्स व्हील चियर सहयोग मार्फत अपाङ्गता भएका व्यक्तिलाई खेलकुदका माध्यमबाट समाजमा पुनर्मिलन गराउनु नै मुख्य उद्देश्य रहेको जानकारी दिए ।

खेलकुदमा सहभागी हुँदा अपाङ्गता भएका व्यक्तिहरुको शारीरिक तथा मानसिक विकासमा समेत सहयोग पुग्ने गरेको सामाजिका विकास मन्त्रालयका शिक्षा तथा सामाजिक शाखा प्रमुख खड्काको भनाइ थियो ।
यता कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीका अध्यक्ष सापकोटाले परम्परागत व्हील चियरको तुलनामा स्पोट्र्स व्हील चियर हल्का, गतिशिल र सुरक्षित हुने भएकाले बास्केटबल, क्रिकेट वा अन्य खेलकुदका खेलाडीलाई ठूलो सहयोग पुग्ने बताए ।
