दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी।


दैलेख क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।पोखरेलको विजयीसँग प्रतिनिधिसभा निर्वाचनमा एमालेको जित संख्या तीन पुगेको छ । 

पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाएका हुन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ र नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत ल्याएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *