परीक्षामा कडाइ गरेकाे भन्दै आरआर क्याम्पसका शिक्षक पुडासैनीमाथि हातपात


काठमाडौँ । चिट चोर्न नदिएको भन्दै काठमाडौँस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का एक विद्यार्थीले शिक्षकमाथि हातपात गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोरिरहेको फेला पारेपछि परीक्षामा निरीक्षक बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए । त्यही रिसमा उनले शिक्षकमाथि हातपात गरेका प्रहरीले जनाएको छ ।

परीक्षा सकिएपछि जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए । विवादबारे शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल भइरहेको बेला कुवेरले शिक्षक पुडासैनीलाई हातपात गरेका हुन् ।

सहायक प्रमुख पुडासैनीमाथि पानी पिउने स्टीलको जगले प्रहार गरिएको एक प्रत्यक्षदर्शी शिक्षकले  बताए । ‘जगले प्रहार गर्ने विद्यार्थी अहिले फरार छन्,’ उनले भने, ‘बीएसडब्ल्यूको पहिलो वर्षको आन्तरिक परीक्षाका क्रममा यो घटना घटेको हो ।’

पुडासैनीलाई नजिकैको मोडेल अस्पतालमा भर्ना गरिएको छ । उनको टाउकोमा ७ टाँका लगाउनुपरेको ती  शिक्षकले बताए ।

विवादपछि परीक्षा स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *