सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्ले मंगलबार तीन निर्णय गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकबाट सवारी तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नियमावली ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको हो ।

उक्त नियमावली लागु भएसँगै प्रदेशभित्र सवारी सञ्चालन, व्यवस्थापन तथा नियमनलाई थप प्रभावकारी र व्यवस्थित हुने विश्वास गरिएको कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
प्रवक्ता शाहका अनुसार, कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय पनि बैठकबाट भएको छ ।

त्यस्तै जाजरकोट वडावन–सानाखोला सडकलाई पनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न सिफारिस गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
