यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुनेछ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।ृ
