१२ बर्षको उमेरमा शुरु गरेको प्रयास १८ बर्षमा सफल


छोटु केवट उमेरले उनी १८ बर्षका छन् । उनी सानै उमेर देखि नै माटोका मुर्ति बनाउन रुचाएका थिए । १२ बर्षको उमेर भएपछि छोटु मुर्ति बनाउने सिप सिख्नका लागि भारत गएर करिब ६ बर्ष बसेर सिप सिखेर घर फर्केका छन् ।


धार्मिक सद्भाव बोकेको शहर नेपालगन्जमा विजय दश्मीमा पुजा गर्नका लागि दुर्गा माताको मुर्ति निर्माण गर्न शुरु भएको छ । मुर्ति निर्माण गर्ने कालिगरहरुले माग र अदर अनुसार मुर्ति निर्माण गरेर बिक्रि गर्ने गरेका हुन्छन ।

नेपालगन्ज ७ घाँसियार टोलका १८ बर्षका युवाले ६ बर्षको लामो प्रयास पछि माटाका मुर्ति निर्माण गर्न शुरु गरेका छन् । उनी करिब १२ बर्षको उमेरमा भारतमा बसेर माटोका मुर्ति बनाउने कला सिकेर घर फर्केका थिए । उनी घर फर्केको पहिलो बर्षमा नै करिब १० देखि १२ ओटा माटाका मुर्ति बनाउने सोच बनाएका मुर्ति निर्माण गर्न लागेका युवा छोटु केवटले बताउछन् ।


माटाका मुर्ति निर्माण गर्न करिब १ मुर्तिमा ९ हजार सम्म खर्च हुने गर्छ । बाँस, पराल, प्लाष्टिकका डोरी लगाएर मुर्तिको अकार बनाउने गरिएको हुन्छ । एक मुर्ति पुर्ण रुपले निर्माण गरेपछि ३ देखि ५ हजार सम्म नाफा हुने गरेको हुन्छ । काममा सघाउन र सिप सिख्नका लागि साना साना बालबलिका उनी सँगै जुटेको उनले बताउछन् । उनी एक सिजनमा अदर अनुसार करिब ५० देखि ६० हजार कमाइ हुने बताउछन् ।

नाफा भएको पैसाले घर खर्च चलाउने र केही रकम बचत गरेर अर्को सिजनमा लगाएको बताउछन् ।
उनी सानै उमेर देखि मुर्ति बनाउनमै समय विताएका छन् । उनी सानै उमेर देखि भारतमा बसोबास गर्ने भएकोले नेपाली त्यति राम्रो सँग बोल्न सक्दैनन् । उनी सफल मात्र नभएर नेपालगन्जको क्षेत्रमा हेर्ने हो भने सानो उमेरमा कला देखाएर उदहरण समेत बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *