नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर मृतकको आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई कुटपिट गरेका छन् ।

मृतकका आफन्तले स्वास्थ्यकर्मीलाई लखेट्दै कुटपिट गरे पछि भाग्न खोज्दा ज्यान जोगाउन ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेको बताएका छन् ।

दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको बताएकाा छन। स्वास्थ्यकर्मी माथी हातपात गर्ने मृतकका आफन्तलाई वडा प्रहरी कार्यालयबाट खटिएको टोलि ले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरी निरीक्षक डिल्ली खड्का ले जानकारी दिए ।

