संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । अब राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन।
समिति बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले न्यायिक सुधारसम्बन्धी कार्ययोजना पेस गरेका थिए । साथै उनले सांसदहरूले सोधेका प्रश्नहरूको पनि जवाफ दिएका थिए । यसअघि गत वैशाख २४ गतेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
