हुम्लामा खसेको पहिरो बाट विद्यालय भवन र गोठमा क्षति ।


हुम्लाको चङ्खेली गाउँपालिका– ५ नेप्का गाउँमा खसेको पहिरोले चङ्खेली– ५ डाँफेस्थित आधारभूत विद्यालय भवन र गोठमा क्षति पुर्‍याएको छ ।

गएराति एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठमा क्षति पुर्‍याएको चङ्खेली– ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिएका छन ।

चङ्खेली– ५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ र त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले पशु गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त भईनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।प्रनाउ खड्काका अनुसार प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको जनाएका छन।

हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् ।  गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने स्थानियको भनाइ छ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *