अम्बिकेश्वरी संवाददाता

उनी स्वास्थ्य कर्मी वा जन प्रतिनिधि हैनन् । तर पनि आफ्नो गाँउपालिकाका जनताहरुका लागि चिन्तीत देखिन्छन । करिब ३ दिन देखि दिन रात नभनि स्वास्थ्य समाग्री लिएर राप्ती सोनारीको हरेको वडाको घर घरमा धाइरहेका छन् । उनी ४ दिन पहिला करिब २ लाख बराबरको स्वास्थ्य समग्री नेपालगन्जबाट किनेर राप्ती सोनारी गाँउपालिका लिएर गाएका थिए । जसमा १ लाख पच्चास हजार आफ्नो लगानी र ५० हजार राप्ती सोनारी गाँउपापिलका ३ नरायाणपुरका अमेरिकामा बसोबास गर्ने उत्तम रेउले क्षेत्री इ सेवा मार्फत स्वास्थ्य समाग्री किन्नका लागि पठाएका थिए । उत्त २ लाखमा ठुलो अक्सिजन सिलिन्डर १ थान, सोनो सिलिन्डर १ थान रहेको छन् । सानो सिलिन्डर प्रयोगमा आइसकेकोे छ भने ठुलो सिलिन्डर आपतकालिनका लागि स्टकमा राखिएको छ । ५ थान पल्स अक्सिमिटर, वाफ लिने मेसिन, २ हजार पिस मस्क, ३ सय पिस सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य समाग्री वितरण गरि रहेको छन् । गाउँपालिकाले आफ्नो जनताहरुलाई खसै स्यहार नगरे पछि उनी यो अभियानमा लागेका हुन । उनी सँगै समाज सेवी यूवा इश्वरी केसी लागी परेका छन् ।
को हुन सञ्चार कर्मी हेमन्त चौधरी

हेमन्त चौधरी एउटा सानो परिवारमा जन्मेका व्यक्ति हुन । उनको पवरिवारको आर्थिक स्थिति मध्यम खालको थियो । उनी पढाइको सिलसिलामा नेपालगन्ज बसोबास गरे । नेपागन्जको बसोबास पछि उनी लामो समय सम्मा राष्ट्रिय स्तरको टेलिभिजन तथा पत्रपत्रिकाहरुमा काम गरका थिए । उनी कम्तीमा एक दशक काम गरेपछि आफ्नो लगानीमा सोनारी राप्ती मिडिया प्रालि सञ्चालन गरेर चलाइ रहेका छन् । उनी त्यही मिडियाको मार्फत राप्ती सोनारीका हरेक वडाको घर घरमा स्वास्थ्य समाग्री वितरण् गरि रहेका छन् ।
तपाईलाई जिज्ञसा लाग्न सक्छ कस्तो छ राप्ती सोनारी गाँउपालिका
सुगम भनेर चिनिने दुर्गम पालिका हो राप्ती सोनारी गाँउपालिका । भुगोलमा हर्ने हो भने नेपालको सब भन्दा ठुलो पालिका हो राप्ती सोनारी गाउँपालिका । राप्ती सोनारी गाँउपालिका प्रकृतिक सम्पदाले भरी पुर्ण गाँउपालिका हो । बन जंगल, खोला नाला, उर्वर जमिन सबै छ । र आर्थिक स्रोतमा हर्ने हो भने बाँकेको सबै भन्दा बलियो पालिका हो । तर पनि आफ्नो जनताहारुलाई महामारीको बेला राम्रो सेवा सुविधा दिन सकि रहेको छैन । राप्ती सोनारी गाँउपालिकामा ५ सय बढी होम आइसोलेसनमा छन भने ५० बढी गाँउपालिकाले निर्माण गरेको आइसोलेसनमा छन् ।
