
काठमाडौँ: प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी रहने छ । आजको सुनुवाइमा पनि निवेदक शेरबहादुर देउवा पक्षका वकिलहरुले बहस गर्नुहुनेछ । कानुन व्यावसायीहरुले निर्धारित समयमा आ आफ्नो तर्क प्रस्तुत गर्नुहुनेछ । संवैधानिक इजलासमा बुधबारदेखि शुरु भएको सुनुवाइको क्रममा हिजो वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले संविधानको धारा ७६ (५) अनुसार स्वतन्त्र सांसदले सरकार बनाउने जिकिर गर्नुभयो ।
