
अम्बिकेश्वरी संवाददाता ः घरेलु तथा साना उद्योग महासघं बाँके शाखाले बाँकेका ३ वटा स्थानीय तहलाई स्वास्थ्य समाग्री वितरण गरिसकेको छ । घरेलु महासघं र विभिन्न उद्योगीहरुको आर्थिक सहयोगमा गत बर्षको लकडाउनमा पानी र खाजा गरी ३ लाख ८० हजारको सहयो भएको थियो भने यो बर्ष केयर नेपालको सहयोगमा ५ लाखको सर्जिकल समाग्री वितरण गर्न लागेको घरेलु तथा साना उद्योग महासघं बाँके शाखाकी अध्यक्ष मधु खड्काले बताउनु भयो । विहिवार नेपालगन्ज उपमहानगरपालिका पिपिई २५ थान प्रति थान १३ सय २० का दरले , प्लस अक्सेमिटर १८ थान प्रतिथान १५ सय ४० का दरले, डिजिटल थर्मोमिटर १५ थान प्रतिथान २ सय ९ रुपैंयाका दारले, सर्जिकल मस्क १० हजार थान प्रतिथान ३ रुपैंया ३३ पैसाका दरले, सेनिटाइजर ३० लिटर प्रति ५ लिटर १५ सय ४० का दरले र डिस्पोजेवल ग्लोव्स ६ सय पिस प्रति पट्टा १२ सयका दरले गरी जम्म १ लाख १३ हजार ५ सय ९५ रुपैंयका बराबरका सर्जिकल समाग्री सहयो गरेको अध्यक्ष खड्काले बताउनु भयो । भने त्यही मुल्यका दरले कोहलपुर नगरपालिकालाई ८० हजार ७ सयको समाग्री वितरण गरिएको छ ।

शुक्रवार खजुरा गाउँपालिकालाई पिपिई २० थान प्रति थान १३ सय २० का दरले , प्लस अक्सेमिटर ६ थान प्रतिथान १५ सय ४० का दरले, डिजिटल थर्मोमिटर ६ थान प्रतिथान २ सय ९ रुपैंयाका दारले, सर्जिकल मस्क ३ हजार थान प्रतिथान ३ रुपैंया ३३ पैसाका दरले, सेनिटाइजर १० लिटर प्रति ५ लिटर १५ सय ४० का दरले र डिस्पोजेवल ग्लोव्स १५बट्टा प्रति बट्टा १२ सयका दरले गरी जम्म ६७ हजार ९ सय ६४ रुपैंया बराबरको सर्जिकल समाग्री वितरण गरिएको अध्यक्ष खड्काले बताए । भने नरैना पुर, जानकी, राप्ती सोनारी र डुडुवा गाँउपालिकालाई निरन्तर वितरण गर्ने महासघंका महासचिव जि. आर. भुसालले बताए । सर्जिकल समान वितरण गर्ने समयमा घरेलु तथा साना उद्योग महासघं महिला उद्यमी समितिका अध्यक्ष सुमित्र चोधरी लगायत महासघंका पदअधिकारीहरुको उपस्थिति रहेको थियो ।

साथै महासघंले सञ्चालन गरेको कृषि पथ एप्स मोबाइल खजुरा गाँउपालिकामा प्रभावकारी बनाउनका लागि महासघंले ज्ञापन पत्र बुझएको छ । सरकारले पुर्ण रुपले व्याजमा छुट गराइ किसानहरुलाई करार खेती गर्नका जमिन उपलब्ध गराउने र मोबाइल एप्सलाई प्रभावकारी बनाउन गाँउपालिकाले नै प्रविधिक तालिम दिने समेत व्यवस्था मिलाउन ज्ञापन पत्रमा उल्लेख गरेको छ । खजुरा गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले अबको आर्थिक बर्षमा यो सबै कुरा लागु हुने गरी बजेत विनियोजित हुने अस्वासन दिए ।

घरेलु तथा साना उद्योग महासघंले सञ्चालन गरेको कृषि पथ एप्स प्रभावकारी भए किसानहरुले घरमै बसेर उत्पादन भएका तरकारी बिक्री गर्ने र बिचौलियाको अन्त्य हुनेदेखिन्छ ।
