प्रेस स्वतन्त्रता रक्षाको माग गर्दै सुर्खेतमा पत्रकारहरूको धर्ना ।


सुर्खेत, २७ जेठ । सरकारले सूचना तथा विज्ञापन वितरणमा गरेको विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। महासंघको केन्द्रीय कार्यक्रम अनुसार प्रेस स्वतन्त्रता रक्षाको मागका लागि सुर्खेतका पत्रकारहरू आन्दोलित भएका हुन ।

धर्ना कार्यक्रममा उपस्थित पत्रकारहरूले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न, श्रमजीवी पत्रकारहरूको हकहित सुनिश्चित गर्न र सञ्चार माध्यममाथि भइरहेको सरकारी विभेद अन्त्य गर्न माग गरेका छन्। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर’, ‘विभेदकारी र स्वेच्छाचारी सूचना तथा विज्ञापन सम्बन्धी निर्णय खारेज गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर पत्रकारहरू धर्नामा बसेका थिए। 

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव गोविन्द खत्रीका अनुसार सरकारले प्रेस स्वतन्त्रता र स्वतन्त्र सञ्चार माध्यमलाई संकुचित पार्ने गरी नीति तथा निर्णयहरू ल्याएको हुँदा उक्त्त निर्णय फिर्ताका निम्ति आफुहरू शान्तिपूर्ण आन्दोलनमा जान बाध्य भएको बताएका छन। उनले सरकारले प्रेस जगतका मागहरू तत्काल नसच्याइए आन्दोलनलाई महासंघ केन्द्रको समन्वयमा थप सशक्त बनाउने चेतावनी समेत दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *