म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्न्दै।


प्रधानमन्त्री बालेन शाहले बिज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई राष्ट्रपति समक्ष सिफारिस गरे सँगै म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन ।

पुनलाई आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

वर्तमान सरकारले पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट समेत विनियोजन गरेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका थिए ।उक्त मन्त्रालयका लागि पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए । यसअघिको अन्तरिम सरकारमा पुन शिक्षामन्त्री थिए । उनले आफु संसद् मा एक्लो सांसद भएपनि जनताको बलियो साथ पाएको कारण आफ्नो भनाइ सरकारले सम्बोधन गर्नुपर्ने र आफ्नो भुमिका पक्ष/बिपक्ष नभई निस्पक्ष रहने बताउँदै आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *